दफा २३१
फैसला कार्यान्वयन स्थगित हुने
दफा २३० मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले देहायका अवस्थामा फैसलाको कार्यान्वयन स्थगन गर्नुपर्नेछः–
(क) पुनरावेदन लाग्नेमा पुनरावेदन गर्न सक्ने म्याद भुक्तान नभएसम्म,
(ख) कानून बमोजिम पुनरावेदन लाग्न सक्ने मुद्दामा पुनरावेदन परेको भए पुनरावेदनको रोहबाट मुद्दाको अन्तिम किनारानभएसम्म,
(ग) दफा २१९ बमोजिम मुद्दा दोहोर्‍याउने आदेश भएकोमा त्यसको किनारा नभएसम्म,
(घ) दफा २२० बमोजिम पुनरावलोकनको आदेश भएकोमा त्यसको अन्तिम किनारा नभएसम्म ।